महाकाली नदीको तुइन भारतीय एसएसबीले काटेपछि बेपत्ता भएको स्थानीयको आरोप

दार्चुला १५ साउन । दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा मालका ३० वर्षका जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभएको छ ।

पाँच÷छ जना स्थानीय बासिन्दा सामान लिन भारतको बाटो हुँदै आइरहेको र जयसिंह तुइन तर्ने बेला एक्कासी एसएसबीले तुइन काटिदिएको उहाँको दाबी छ । नेपालतर्फ मालघाट र भारततर्फ जयकोट गस्कोमा स्थानीय बासिन्दाले वारपार गर्न तुइन राखेको र आउजाउ गर्ने गरेको तर एसएसबीले तुइन काटेर धामी बेपत्ता भएकोबारे यसै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया