लेपिस नामको ढुङ्गा सहित चार जना पक्राउ

सुर्खेत १५ साउन । लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका – १० तालवारीस्थित सुर्खेत नेपालगन्ज पक्की सडक खण्डबाट प्रहरीले पक्राउ गरेको हो । उक्त लेपिस नामको ढुङ्गा ल्याईरहेको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगर नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ३८ को धनिराम सुनारले चलाएको भे ४ प ९३३२ नम्बर, १५० सिसिको कालो रंगको पल्सर मोटर साइकल,लेकवेशी नगरपालिका – ५ बस्ने अन्दाजी बर्ष २९ को धिरेन्द्र शाही र सोही स्थानमा पैदल हिडिरहेका वीरेन्द्रनगर नगरपालिका –१२ का अन्दाजी बर्ष ५२ को हर्क बहादुर सुनार र सल्यान बनगाड कुपिण्डे नगरपालिका – ९ बस्ने बर्ष ५५ को भिमसेन भन्ने भिउसने बुढा रहेका छन् ।

चार जनासँगै रहेको १४० ग्राम तौल भएको उक्त पदार्थ,मोटर साइकल सहित उनीहरुलाई आवश्यक कारबाहीको लागी खनिज तथा भूगर्भ कार्यालय वीरेन्द्रनगर पठाईएको घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया