धनुषा १५ साउन । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हो । रविदासले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । भाइसँगको आपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार