दाङमा विदेश जाने नागरिकलाई आजबाट जोनसन खोप लगाउन शुरु

फाईल फोटो

तुलसीपुर, १३ साउन । दाङमा विदेश जाने नागरिकलाई आजबाट जोनसन खोप लगाउन शुरु गरिएको छ ।

विदेश जाने तयारी अवस्थामा रहेका नागरिकलाई कोरोना भाईरस विरुद्धको जोनसन एण्ड जोनसन कम्पनिको खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लाका पश्चिम गाउपालिकाका उपभोक्ताहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप दिन थालिएको हो । खोप लगाउन विदेश जाने नागरिकले नागरिकता, विदेश जाने पासपोर्ट र भिसा कार्ड साथ लिएर आउनु पर्नेछ ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया