ट्रकले मोटरसाईकललाई ठक्कर दिदा श्रीमानश्रीमतीको मृत्यु

झापा, १३ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका ४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कनकाई नगरपालिका ३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक समेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र २०३-०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेका थियो ।ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया