ट्रक दुर्घटना हुदा चालकसहचालकको मृत्यु

कालिकोट , १३ साउन । कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना ७ ख ९५१६ नम्बरको ट्रक कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया