गुल्मीमा जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु

गुल्मी १३ साउन । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । मृतकको सनाखत भने हुन नसकेको बताइएको छ । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया