दाङमा श्रीमतीको मृत्यु भएपछि श्रीमान प्रहरीको खोरमा

तुलसीपुर, १० साउन । कुटपिटबाट श्रीमतीको मृत्यु भएको आरोपमा पश्चिम दाङमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ एकली निबासी ६५ बर्षका मोहनलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लले जानकारी दिनुभएको छ ।

दुई दिन अघि घरमै सामान्य विवादपछि मोहनलाले धक्का दिदा घाइते भएकी भागीरथीको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया