दाङमा मोटरसाईकल दुर्घटना हुदा मृत्यु हुने चालकको ठेगाना खुल्यो

तुलसीपुर, १० साउन । दाङमा मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ति नजिक लु १५ प ६३२१ नम्बरको मोटरसाइकल दुर्घटना हुदा चालक प्युठान सरुमारानी गाउँपालिका वडा नम्वर ६ बस्ने अन्दाजी ३० बर्षिय युवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । तिव्र गतिकाकारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखीएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया