दाङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

लमही, १० साउन । दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ति नजिक भएको दुर्घटनामा परेर करिब २९ बर्षिय युवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पर्समा युवराज राना लेखिएको कार्ड भेटिए पनि ठेगाना नखुलेको र आईएमए गरेको कागजमा घोराही १४ उल्लेख भएकाले घोराहीको भएको आसंका गरिएको एसपी काफ्लेले जानकारी दिनुभयो ।

लु १५ प ६३२१ नम्बरको मोटरसाइकल बाटो छोडेर अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया