उच्च अदालत तुलसीपुर बारको अध्यक्षमा भण्डारी

तुलसीपुर, ९ साउन । उच्च अदालत बार इकाई तुलसीपुरको अध्यक्षमा पुष्कर बहादुर भन्डारी निर्वाचित हुनु भएको छ । बारको पाँचौ अधिवेसनले भण्डारीलाई सर्वसहमत अध्यक्ष पदमा चयन गरेको हो ।

११ जना कार्यसमिति रहेको बारको उपाध्यक्षमा सुनिल धिताल, सचिवमा मधुसुदन गौतम र कोषाध्यक्षमा प्रकाश रेग्मी चयन हुनु भएको निर्वाचन कमिटीका संयोजक अधिवक्ता मोहनप्रसाद धितालले जानकारी दिनुभयो ।

त्यसैगरी बारको सदस्यहरुमा श्रीराम चौधरी, बिनु श्रैष्ठ, प्रविण लम्साल, शालिकराम रेग्मी, भागवत रेग्मी, विष्णुमण्ी धिताल, र गोकर्ण खत्री चयन हुनु भएको छ ।
दुई बर्षको कार्यकाल रहेको बारमा एक जना सदस्य पछि थप गरिने छ । बारमा १ जना महिला सहित ३१ जना आवद्ध छन् ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया