दाङका युवाहरुलाई रोजगार दिन्छौ– दिपक गिरी

तुलसीपुर, ९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले युवाहरुलाई रोजागर दिने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका –३ दमारगाउँमा निर्मित नेपाली कांग्रेस वडा इकाई समितिको पार्टी कार्यालय भवनको उद्घाट्न गर्न दाङ आउनु भएका गिरीले तुलसीपुरको बिपी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । शान्ति र विकाससंगै दाङका युवाहरुलाई कांग्रेसले रोजगार समेत दिने बताउनुभयो । पार्टीले जनताको हरेक सुखदुःखमा साथ दिने बताउँदै त्यसका लागि दाङलाई कांग्रेसमय बनाउनुपर्ने बताउनुभयो ।

“ नेपालमा रहेको भ्रष्टाचार लाई नेपाली कांग्रेसले निर्मूल पारेर छोड्छ । त्यो संगै दाङमा शान्ति र विकास र युवालाई रोजगार दिने कुरामा कांग्रेस लागेको छ,’ केन्द्रीय सदस्य गिरीले भन्नुभयो – “दाङलाई काँग्रेसमय बनाउनुस । युवाहरु अघि बढ्नुस । हामी साथ दिन तयार छौ ।”

यसैबिच सदस्य गिरीले दमारगाउँमा रहेको नेपाली कांग्रेस वडा ईकाई समितिको कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । इकाई सभापति विष्णु मल्लको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सभापति कृतिबहादुर खड्का, संघिय सभापति जगतबहादुर खड्का, जिल्ला सदस्य चन्द्रकान्त खरेल लगाएतले बोल्नु भएको थियो । करिब ११ लाखमा निर्मित भवनका लागि पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न व्यापारीहरुले सक्दो सहयोग गरेको कांग्रेसले जनाएको छ ।
,

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया