खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल थप

काठमाण्डौ, ८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल थप गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो ।

दुई दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामि नसक्नु भएपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप कार्डमा उल्लेखित विवरण अङ्ग्रे्रेजीमा नभर्ने हुँदा र आधिकारिक छाप नहुँदा खोप कार्ड प्रमाणीकरण गर्न लाइन बस्नेको सङ्ख्या बढ्दै गएको हो । त्यसैले विदेश जानेहरू अहिले खोप कार्ड प्रमाणीकरणका लागि अस्पतालमा पुगेको सङ्ख्या बढेको हो ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया