वडा अध्यक्षको नेतृत्वमा रानागाउमा सरसफाई

सन्तोष वली,तुलसीपुर २४ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को रानागाउँमा आज सरसफाई गरीएको छ । तुलसीपुरमा जारी क्लिन तुलसीपुर,ग्रिन तुलसीपुर सरसफाई अभियानलाई मध्यनजर गदै वडा अध्यक्ष विर बहादुर विकको नेतृत्वमा रानागाउँका ५ वटा टोल विकास संस्थाहरुको सहभागितामा सरसफाई गरीएको हो ।

टोल विकास संस्थाका अध्यक्षहरु श्यामलाल महतरा,खेमलाल महतरा, टेक बहादुर गुरुङ,सुरविर वली लगाएत टोल वासीहरुको सहभागितामा सरसफाई गरीएको अध्यक्ष विकले जानकारी दिनु भएको छ । यसै विच स्थानिय उपभोक्ताहरुको श्रमदानमा सल्यानरोड हुदै जाने भगवती टोल सम्म बाटो मर्मत गरीएको छ ।

वाढि पहिरोको कारण विग्रिएको बाटो स्थानिय उपभोक्ताले दुई दिन सम्म जनश्रमदान गरेको बताइएको छ । त्यस्तैगरी सल्यानरोड हुदै सक्षम टोल जाने करिव सात सय मिटर बाटो मर्मत गरीएको छ । वडा अध्यक्ष विर बहादुर विकले दिएको जानकारी अनुसार स्थानिय उपभोक्ताको सहभागितामा करिव दुई लाख बरावरको श्रमदान गरीएको हो ।

यस्तै सिर्जना टोल हुदै गोठिखोलाको आरेघाट सम्म वाटो मर्मत गरीएको बताइएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र २४ गते शनिवार
प्रतिक्रिया