चीनबाट थप १० लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाण्डौ, ७ साउन । सरकारले खरिद गरेको कोरोनाविरुद्धको १० लाख मात्रा खोप विहिवार नेपाल आइपुगेको छ । चीनबाट खरिद गरिएको कोरोनाविरुद्धको खोप भेरोसल विहिवार दिउँसो काठमाडौं आइपुगेको हो ।बेइजिङबाट खोप ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बुधवार चीनका लागि प्रस्थान गरेको थियो । खोप लिन गएको जहाज दिउँसो २ :१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज विहिवार राती ११ बजे बेइजिङ जाँदैछ । शुक्रवार दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ । बाँकी डोज ल्याउन उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया