बेलझुण्डीमा उपचारत कोरोना संक्रमितको मृत्यु

तुलसीपुर ७ , साउन/ कोरोना अस्पताल बेलझुण्डीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ५ निवासी ५७ वर्षिय एक पुरुष रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

साउन ६ गतेदेखि कोरोना अस्पताल बेल्झुण्डीमा उपचाररत पुरुषको आज दिउँसो ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित बिरामीमा निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो । अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया