गोताखोर टोलीले भेटायो कृतिम तालमा डुवेर बेपत्ता युवकको शव

तुलसीपुर, ७ साउन । दाङको एक कृतिम तालमा डुवेर बेवत्ता भएका युवकको शव भेटिएको छ । घोराही १ सिमलताराको गयरसोतामा सिँचाइको लागि बनाइएको कृतिम जलाशयमा बुधवार डुबेर बेपत्ता भएका स्थानिय ३१ बर्षीय लाल बहादुर बिष्टको शव गोताखोरको टोली बिहीबार दिउँसो साढे १ बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानिय तालमा पौडी खेल्ने क्रममा उनी डुवेर वेपत्ता भएका थिए । स्थानिय र सुरक्षाकर्मीले खोजी गर्दा विष्ट फेला नपरेपछि शसत्र प्रहरी बलको गोताखोर टोली बोलाईएको थियो ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया