व्यापारीलाई सहुलियत दिन तुलसीपुर बाणिज्य संघको अपिल

तुलसीपुर, ७ साउन ।तुलसीपुर उद्योग बाणिज्य संघले कोरोना माहामारीका कारण उत्पन्न भएको संकटमा व्यापारीलाई सहुलियत दिन अपिल गरेको छ । संघले संकटको वेलामा व्यवसायीहरुलाई माया एव सदभाव सहित घर भाडा छुट दिन तथा वैक व्याजमा सहुलियत दिन आग्रह गरेको छ । लकडाउनका कारण लामो समय देखी व्यापार व्यवसाय वन्द भएका कारण व्यवसायीहरु घर भाडा तिर्न तथा चर्को वैक व्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै घर भाडा छुट दिन घर धनिहरुलाई र वैक व्याजमा सहुलियत दिन वैकहरुलाई आग्रह गरेको हो ।

सघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिव बिनिल केसीले विहिवार एक विज्ञप्ति जारि गदै यस्तो आग्रह गरेका छन् । कोरोना भाईरसको दोस्रो लहरका कारण साना देखि ठुला सवै व्यवसायीहरु मारमा परेको भन्दै यस्तो संकटको वेलामा घर भाडा छुट दिएर सहयोग गर्नू हुन घरधनीहरुमा र वैक व्याजमा सहुलियत दिनुहुन हामीले अनुरोध गर्दछौ जारी बिज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा समस्या नहुदा आफुहरुले घर भाडाको बिषयमा कहिल्यै नवोलेको भन्दै यति वेला आम व्यवसायीहरुको व्यापार व्यवसाय समेत नभएको हुदा घर भाडा तिर्न सक्ने अवस्थामा नभएको हुदा मानवियताको नाताले समेत छुट दिनु पर्ने उल्लेख गरिएको छ । साथै घर भाडा छुट दिने घर धनिहरुले तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयमा जानकारि दिन समेत अनुरोध गरिएको छ ।

घरभाडा छुट
यसैविच तुलसीपुर उद्योग बाणिज्य संघका सल्लाहकार अनुप कुमार श्रेष्ठ र पुर्व सल्लाहकार सुरेश हमालले एक महीनाको घर भाडा छुट दिने घोषणा गर्नु भएको छ ।त्यस्तै सघंका अध्यक्ष रामप्रसाद चालिसेले लकडाउन अबधिको ३५ हजार घरभाडा छुट गर्नुभएको छ ।त्यस्तै दुर्गाबहादुर भण्डारीले पनि एक महिनाको घरभाडा छुट गर्नुभएको छ ।त्यसै गरि बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारिले १८ हजार घरभाडा छुट गर्नुभएको छ ।त्यस्तै राष्ट्रिय समाचार समितिले गत बर्षको लकडाउन अबधि मध्य २ महिनाको घरभाडा छुट भएको कार्यालय प्रमुख नारायणी रजौरेले जानकारि दिनुभयो ।व्यवसायीहरुलाई माया एव सदभाव सहित घर भाडा छुट दिने सबैलाई आभार तथा धन्यवाद व्यक्त गरेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया