पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाण्डौ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज(विहिवार) मनाईँदैछ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज विशेष कार्यक्रमको आयोजना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया