गायक मुस्कानको तिजगित नक्कली मोरी सार्बजनिक(भिडियो सहित)

तुलसीपुर, ७ साउन । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गदै अहिले तिजगितहरु बजार ल्याउने होडबाजी चलेको छ । वर्षमा एक पटक आउने पर्व तिजलाई मध्येनजर गदै तिजगित बजार ल्याउने दोडधुपमा कलाकारहरु लागी परेका छन् । यसैक्रममा तुलसीपुरबासी गायक तथा संगीतकार मदन बि.क मुस्कानले पनि अर्को नयाँ तिज गित भरखरै बजारमा ल्याउनु भएको छ ।

उहाले तिज कोशेली नक्कली मोरी गित सार्वजनिक गर्नुभएको हो। उक्त गितमा उहा र गायिका रेजिना परियार को स्वर रहेको छ । आफनै रचना र मोडलमा रहेको गितको भिडियोमा करिना डाँगी, रचना खड्का , साबित्रा बि.क ,ससा सिह, सुसान क्षेत्री, तुफान वलि लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस अघि उहाले दुई दर्जन भन्दा बढी गीतमा स्वर र संगीत गरीसक्नु भएको छ । यस अघि बजारमा आएको तिज गित यसपालित उडाउछु माया तुलसीपुरमा धुलो भन्ने गितले धेरै दर्शकको मन जित्न सफल भएको गायक मुस्कानले बताउनुभयो । अहिले भरखरै बजारमा ल्याएको तिजगितलाई पनि माया गरिदिन उहाले आम दर्शकलाई आग्रह गर्नुभएको छ ।

भिडियो  हेर्नुहोस ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया