दाङ प्रहरीले तुलसीपुरका दुई गाडीलाई लिलाम बिक्रि गदै

तुलसीपुर, ५ साउन । जिल्ला प्रहरी कार्यालय दाङले दुई वटा गाडी लिलाम बिक्रि गर्न लागेको जनाएको छ । कार्यालयले एक सार्वजनिक सुचना जारी गदै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको पुराना सवारी साधनहरु (दुई वटा गाडी) लिलाममा विक्रि गर्नका लागी बोलपत्र आह्वान गरेको छ । बोलपत्र सात दिन भित्र पेश गर्न सुचनामा भनिएको छ । कार्यालयका अनुसार ना १ झ ५५४ नम्वरको टाटा टेल्कोलाईन पिकअप जिप र ना १ झ ९२९ नम्वरको टाटा टेल्कोलाईन पिकअप जिप लिलाम गर्न लागीएको छ । विगत १४ वर्ष देखी थन्किएका ती गाडीहरु लिलाम गर्न लागीएको हो ।

विस्तृतमा

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया