दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

तुलसीपुर, ३१ असार । दाङको तुलसीपुर स्थित हलवारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ४ हलवारको शिवटोल निबासी ३३ बर्षका मंगलसिङ रावतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लले जानकारी दिनुभयो ।

दिउँसो १२ बजे कुलोमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका रावतको राप्ती लाईफ कियर हस्पिटल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया