दाङमा मोटरसाईकलको ठक्करबाट घाइते बालकको मृत्यु

तुलसीपुर, २६ असार । मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम दाङकोको शान्तिनगर गाउँपालिका १ खिलतपुर निबासी उत्तम लामीछानेका छोरा ५ बर्षका पारस लामीछाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

हापुरेबाट तुलसीपुरका लागि छुटेको रा४प १०२४ नम्बरको मोटरसाईकलले असार २६ गते खिलतपुर चोकमा ठक्कर दिएको थियो । मोटरसाईकल सहित चालक बबई गाउँपालिका वडा नं. ६ निबासी २० बर्षका दिपक थपालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

उनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) अहिलेसम्म पेश नगरेको प्रहरीले बताएको छ । लाइसेन्स पेश गर्न नसकेमा थापा सवारी ज्यान मुद्दामा जेल जाने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया