पशुबधशाला बन्यो रोगको घर, व्यवसायीलाई छैन कसैको डर !

ओपेन्द्र बस्नेत, तुलसीपुर २० भदौ । ‘हामी बुढाबुढी दुर्गन्धले दुःख बिरामी भईरहन्छौ औषधी पनि गरेकोग¥यै छौं, विक्ने भए त योे घर नै बेचेर अन्यत्रै जानेथियौं, कोहि पनि आउँदैनन् घर किन्न !’ तुलसीपुर उप महानगरपालिका ५ नयाँ बस पार्क स्थित पशु वधशालाको पछाडि बसोबास गर्दै आएकी कमला कुमारी खत्रीको गुनासो हो यो ।

पशु बधशालामा बध गरिएका राँगा, बंगुरको हड्डी, छाला र लादीको उचित व्यवस्थापन नुहुँदा त्यहाँको मानव वस्ती स्वास्थ्यको दृष्टिकोणले निकै जोखीममा परेको छ । राँगाको छालाकुहाउन प्रयोग गरिएको नुनका कारण कुवाँको पानी समेत नुनिलो भएर खान नमिल्ने खत्रीले बताइन । व्यवसायीलाई पटक पटक जथाभावी रुपमा फोहर नगर्न भने पनि नपत्याउने गरेको स्थानीयले गुनासो गरेका छन् ।

बध शालामा मासुको व्यापार गर्ने व्यवसायीको लापर्वाहीका कारण त्यहाँको मानव स्वास्थ्य अत्यन्तै जोखीमा परेको हो । व्यवसायीले बध गरिएका पशुहरुको मलमुत्र, लादी, हड्डी जथाभावी रुपमा फ्याँकेका छन् । छाला खाल्डोमा थुपार्ने गरेका छन् भने हड्डी संकलन गरेर ठाउँ ठाउँमा जम्मा गरेका छन् । जसका कारण त्यहाँको वातावरण अत्यन्तै दुषित वन्दै गएको छ ।

पशुचौपायाबाट संकलित हड्डीमा हरिया झिंगा भन्किने भएकाले विभिन्न सरुवा रोग लाग्न सक्ने जोखिम पनि उत्तिकै बढेको छ । आफनो समेत स्वास्थ्यको ख्याल नगर्ने व्यापारीले आफुहरु बानीपरिसकेको बताउने गरेका छन् । ‘गन्ध आउँछ के गर्ने व्यपारै त्यै भइगो, १५ बर्ष देखि राँगा बध गरेर मासु बिक्री गर्दै आउनु भएकी कमला विकले भनिन, – ‘अब त बानी पनि परियो ।’

एक जना व्यापारीले हड्डी विव्र्रmी गरेर प्रति महिना ११ देखि १७ हजार रुपैयाँ सम्म कमाउने गरेका छन् । कुखुराको दानामा हड्डी प्रयोाग हुने भएकाले पाँच रुपैया प्रति किलो बिव्र्रmी हुने गरेको छ । व्यापारीले एक देखि डेढ महिना सम्म जम्मा गरेर ट्रकमा बिव्र्रmी गर्छन्् ।

गम्भिर प्रकृतिका रोग लाग्न सक्ने चिकीत्सको चेतावनी
पशु बधशालाबाट निस्केको फोहरको समयमै व्यवस्थापन गर्न नसके गम्भिर प्रकृतिका रोगहरु लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएकाछन् । फोहरका कारण वावातावरण प्रदूषण हुँदा धेरै सरुवा रोगहरु हावाबाट पनि सर्न सक्ने भन्दै सजग र सचेत हुन डाक्टर लिजन महर्जनले सुझाव दिए । ‘पशु बधशालासंगै ठूलो मानव वस्ती पनि सटेको छ,’ डाक्टर महर्जनले भने , ‘बाक्लो वस्ती भएकाले फोहरमा बसेका झिंगा भान्छा तथा खानासम्म पुग्ने र त्यसले डरलाग्दा सरुवा रोगहरु लाग्न सक्छन् ।’ अस्थाई रुपमा बच्नका लागि फोहर भएको ठाउँमा विषादी छिट्ने र खाना राम्रोगरी छोपेर राख्नु पर्ने र माक्सको प्रयोग गर्न चिकीत्सकले सुझाएका छन् ।
अटेरगरी फोहर गरेमा कार्वाही हुन्छ
यता तुलसीपुर उपमहानगर पालिकाले जसले फोहरर गर्छ त्यसैले सफा गर्नु पर्ने बताएको छ । तुलसीपुर उप महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियानलाई बाधा पुग्ने गरी कृयाकलाप गरेमा कार्वाही गरिने नगर प्रमुख घनश्याम पाण्डेले बताए ।
‘जसले फोहर गर्छ त्यसैले सफा गर्छ,’ नगर प्रमुख घनश्याम पाण्डेले भने, ‘पहिलो चरणमा सचेत गराउँदा पनि अटेर गरेमा वातावरण ऐन अनुसार कार्वाही हुन्छ ।’

 

 

 

 

प्रकाशित मिति : २०७४ भाद्र २० गते मङ्गलवार
प्रतिक्रिया