भमकेमा डेढ सय विगाहमा लगाएको मकै बाली नष्ट

ओपेन्द्र बस्नेत,तुलसीपुर १९ भदौ । ‘छ कठट्ठा बारीमा मकै लगाएछु कसैले लग्छ भने पाँच लम्बरमा ठेक्का दिन्छु ।’ धेरै मकै उत्पादन गर्ने उद्देश्यले बारीमा लगाएको हाइब्रेट जातको मकै हेर्दाहर्दै सुकेपछि तुलसीपुर उप महानगरपालिका १ देवीस्थानका कृषक निमबहादुर सापकोटाले भेटिएजतिलाई यहि कुरा भन्छन् । डाँठ कुहिने रोगका कारण छ कट्ठा बारीमा लगाएको मकै खानेबेलामा बारीमा कुईएर नष्टभए पछि उनि अहिले चिन्तामा छन् ।

‘यति महँगो मल विउँ हाल्यो बैशख जेठको धूपमा गोडमेल गरियो तर मकै खाम्ला भन्ने वेला मकै पनि सखाप भयो , – कृषक सापकोटाले भन्नुभयो’– उता खेतमा पनि खोलो पसेर धान बगायो अब बाँच्ने कसरी हो ।’ विगत तीन वर्ष देखि साविक पवननगर गाविसको भमके, देवीस्थान, कुमालगाउँ लगाएतका स्थानमा डाँठ कुहिने रोगका करिब डेढसय विघाह क्षेत्रफलमा लगाएको मकै बाली कुहिइएर नष्ट भए पछि सर्यौ किसानहरु चिन्ति भएका छन् ।

‘बारीमा लगाएको मकै ढल्याउन नपाएको लगातार ३ बर्ष भयो,–अर्का कृषक गोपाल बस्यालले भन्नुभयो’–कृषीका मान्छेहरु आएर हेरेर गए ! मलको कारण होकी विउँको कारण हो खै बुझनै सकिएका छैन ।’ बस्यालले साढ सात कट्ठा बारीमा कञ्चन जातको मकै लगाउनुभएको थियो । बर्षेनी बारीमा लगाएको मकै बाली स्वाहा हुनथालेपछि चिन्तित बनेका किसानहरुले राहात भन्दा पनि समस्याको पहिचान गरि दिर्घाकालीन समस्याको समाधन गरिदिन सरकार संग माग गरेका छन् ।

यस क्षेत्रमा दुई सय विघाह क्षेत्रफलमा लगाएको मकै मध्य करिब ९५ प्रतिशत मकैबालीमा यो रोग लागेको तुलसीपुर उपमहानगरपालिका १ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो । सुरुमा पँहेलो हुने, पात सुक्ने र ढल्ने गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
‘२०७१ सालमा बाँकेको खुजुरामा माटोको परिक्षण गर्दा माटोमा अम्लियपना बढी छ भनेपछि चुनको पनि प्रयोग गरियो, कृषीले घुम्तीबाली लगाउने भनेपछि अरर पनि लगाईयो त्यहि अरर पनि म¥यो’ अब के गर्ने ? अध्यक्ष भण्डारीले प्रश्न गर्नुभयो ।

यता कृषी विकास कार्यालय दाङले माटोमा देखिएको अम्लीयापनका कारण यो समस्या देखा परेको बताएको छ । ‘माटोमा अम्लीयपना बढी भयो भने फेद कुहिने रोग लाग्छ, – वागवानी विकास अधिकृत धनराज गौतमले भन्नुभयो’– माटोमा कृषी चुनको प्रयोग गर्नु पर्छ । स्थानीय जातको भन्दा पनि हाइव्रिट जातको मकै लगाउको ठाउँमा यस्तो समस्या बढी देखिएको उहाँले बताउनुभयो ।

अम्लीयापनाबाट जोगाउन, चक्रियबाली प्रणाली, प्राङ्गारीक मलको प्रयोग र कृषी चुनको प्रयोग गर्नु पर्ने वागवानी विकास अधिकृत गौतमले बताउनुभयो । समस्याबाट बच्न सुख्खा धान, मास, लगाउनु पर्ने बताउदै गौतमले मकैसंगै बोडी, पर्सी, काँक्रा लगाउ नहुने सुझाव दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिको कृषी विज्ञको सल्लाहा अनुसार काम गर्ने बताउनु भयो ।

उन्नतजातको अन्नबाली लगाए पनि खेति प्रणाली भने परम्परागत हुने भएकाले यस्तो समस्या देखिएको नगर प्रमुख घनश्याम पाण्डले बताउनुभयो । कृषी बैज्ञानिक र कृषकका विचमा अन्तरक्रिया गरेर मल,विउँ, माटो के कारणले समस्या भएको हो त्यसको पहिचान गरेर समाधानको उपाय खोज्ने पाण्डेले बतउनुभयो । कृषी विज्ञको राय अनुसार माटाको सुधार गरेर किसानलाई सहयोग पु¥याउने नगरपालिकाले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७४ भाद्र १९ गते सोमवार
प्रतिक्रिया