तुलसीपुर,१८ भदौ । घोराही उपमहानगरपालीका वडा नम्बर १२ हापुर विजौरीमा जनवकालत तथा मेलमिलापबारे तालीम सम्पन्न भएको छ । दलित महिला सँघ दाङको आयोजना तथा फाउण्डेसन फर जष्ट सोसाईटीको सहयोगमा एकिकृत कार्यगत सञ्जालका सदस्य तथा दलित महिला समुहका सदस्यहरुलाई उक्त तालीम दिईएको थियो ।
तीन दिन सम्म चलेको तालीममा स्थानिय तहमा सरोकावाला सँग कसरी वकालत गर्ने , महिलाहरुको पहुच कसरी बृद्धि गर्ने, झै झगडा लाई समुदाय स्तरमा कसरी मिलाउने लगायतका बारेमा प्रशिक्षण दिईएको संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिनुभएको छ । तीन दिन सम्म चलेको तालीमको एक कार्यक्रका विच आईतवार समापन गरीएको छ ।
एकिकृत कार्यगत सञ्जालका अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा वडा सदस्य शान्ता सेर्पाईलीको प्रमुख आतिथ्यमा तालीमको समापन भएको थियो । समापन कार्यक्रममा बोल्ने बक्ताहरुले गाउमा हुने सामन्य विवाद लाई कम खर्चमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए । साथैे निम्न स्तरको समुदायमा विवाद समाधान गर्न गर्न सके तालीमले सार्थकता पाउने उनिहरुले बतारुएका थिए ।
समापन अवसरमा प्रशिक्षकहरु निर्मल नेपाली, जानका रेग्मी,सँस्थाका कार्यक्रम सँयोजक पोषण सेन्चुरी, वडा नम्बर ११ की वडा सदस्य विमला गन्धर्व,प्रशिक्षार्थीबाट ईश्वरा केसी लगायतले बालेका थिए । कार्यक्रमको सहजिकरण संस्थाकी सामाजिक परीचालक जानकी विश्वकर्माले गर्नुभएको थियो ।