टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरे

काठमाण्डौ – जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । युरो कपबाट आफ्नो टिम बाहिरिएको दुई दिनपछि क्रुसले यस्तो घोषणा गरेका हुन् ।

‘मैले जर्मनीबाट एक सय ६ पटक खेलेँ । अब अर्काे समय हुनेछैन’, ३१ वर्षीय रियल मड्रिडका खेलाडीले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया