ढुंगा लागेर नेपाली सेनामा कार्यरत भण्डारीको मृत्यु

बाजुरा, ६ असार । बाजुराको जगन्नाथ गाउँपालिकामा सडक माथिबाट खसेको ढुंङ्गा लागेर नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका वडा नं ४ रूगीनका ३८ बर्षिया डिल बहादुर भण्डारीको गय राति सडक माथिबाट खसेको ढुंङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोर अन्तरगत पर्ने वडा नं तिनको घोटकन्यामा सडक माथिबाट खसेको ढुंङ्गा लागेर नेपाली सेनामा कार्यरत भण्डारीको मृत्यु भएको सुचना अधिकारी धनदेव साँउदले जानकारी दिनुभयो । वाटो हिनिरहेका वेला एक्कासि माथिबाट खसेको ढुंङ्गा टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया