बाढीले मेलम्चीमा अर्बौको क्षती, २ शैक्षिक संस्थादेखि रेडियोको भवन समेत डुबानमा

काठमाण्डौ, ६ असार । गत असार १ गतेको बाढीका कारण सिन्धुपाल्चोकको तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्चीमा ठूलो जन धनको क्षति भयो । व्यक्तिका घर, संघसंस्था, विभिन्न कार्यालयहरु, खेतीयोग्य जमिन, विद्यालय लगायत अर्बौको क्षति भएको छ । अहिले सिन्धुवासी बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचना समेत भत्किँदा विद्यार्थीको बिचल्ली भएको छ भने सञ्चार माध्यमहरुमा क्षति पुग्दा आम नागरिकहरु सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।

कोरोेनाको कहरका बीचमै पनि तेर्से माध्यामिक विद्यालय, तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रिय रुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणि विद्यालय, गुणस्तिरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयको रुपमा परिचित थियो । असार १ गतेको बाढिले सामान्य क्षति पु¥याएको स्कुलमा असार ५ गतेको बाढिले विद्यालयको भौतिक रुपमा क्षति ग¥र्यो । विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो त्यसले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया