नेकपा एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यस्थिति सुध्रिदै

काठमाण्डौ, ६ असार । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थिति सुधार आएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको उपचारमा थप केही समय लाग्नेछ ।खनाललाई ज्वरो, टाउको दुख्ने र खोकीको समस्या हटिसकेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खनाललाई अक्सिजन सपोर्टबाट हटाइएको छ ।

स्वास्थ्य अवस्था जटिल बनेपछि पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनाललाईउपचारका लागि नयाँ दिल्ली लगिएको थियो । उहाँको अपोलो अस्पतालमा उपचार भइरहेको छ।एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई गत बुधबार नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिल्ली लगिएको थियो ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया