महिलाहरु पनि उद्यमसंग जोडिन आबश्यक छ :उपप्रमुख शर्मा

तुलसीपुर , ६ असार । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत च्याउ खेती सम्बन्धी तालिमको आईतवार तुलसीपुर–१२ रझेनामा उदघाटन गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको कार्यालयको सहयोग तथा तुलसीपुर उपमहानगरपालीकाको कार्यालय र ग्रिन फाउन्डेसन नेपालको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयद्वारा सञ्चालीत तालिमको उदघाटन गरिएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालीकाका उपमेयर माया शर्मा आचार्यले महिलाहरु पनि उद्यमसंग जोडिनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उपमेयर आचार्यले महिलाहरु माथी हुने हिंसाका घटनालाई न्यनिकरणका लागि महिलाहरुलाई आय आर्जनसंग जोड्ने अभियानमा लागेको जानकारी गराउनुभयो ।

फुर्सदको समयमा केहि न केहि न सिप सिकेर तपाईहरु उद्यम संग जोडिनुहोस्, उहाले भन्नु भयो ,त्यसका लागी आवश्यक पहल, सहकार्य, योजना बनाउने कर्तव्य हाम्रो हो । सुरुवात गर्न आग्रह गदै उहाले आगामी वर्षका लागि महिलाहरुका नाममा दर्ता हुने जुनसुकै उद्योगहरु पनि निःशुल्क दर्ता गर्ने निति तथा कार्यक्रम उपमहानगरपालिकाले ल्याएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका प्रवक्ता, वडा नं. १२ का अध्यक्ष एवम् शिक्षालय सञ्चालक समिति सदस्य सुर्य बहादुर डाँगी श्यामले तालिम मार्फत प्रत्येक महिलाहरुलाई आयआर्जनमा जोड्ने अभियानमा लागेको बताउनुभयो ।

महिलाहरुलाइ आत्मनिर्भर बनाई प्रत्येक घरमा महिलामैत्री वातावरणको निर्माणमा हामीहरु लागेका छौं, र यस्ता तालिमहरुले सहयोग पु¥याउने कुरामा ध्यान दिएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । सो अवसरमा रोजगार कार्यक्रमका महिला विज्ञ सदस्य पुष्पा लामिछानेले महिलाहरुलाई आयआर्जनमा नजोड्दा सम्म समृद्ध समाज निर्माणमा कठिनाई हुने भएकाले सबै महिलाहरुलाई स्वरोजगार हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै तालिमका संयोजक खगेन्द्र अधिकारीले गरेका थिए । सो अवसरमा रोजगार कायक्रमका सहजकर्ता श्रीधरराज भण्डारी , प्रशिक्षक सुमन कुशुवाह लगायतले बोल्नु भएको छ । कार्यक्रमको सहजीकरण शिक्षालयका प्रशासन सहायक तिला ढकालले गर्नुभएको थियो । तालिममा १३ जना महिलाहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया