रोल्पामा बर्षातका कारण चार घर भत्कियो

सांकेतिक फाईल फोटो

दाङ, २ असार । लगातार बर्षातका कारण रोल्पामा चार वटा घर भत्किएको प्रहरीले बताएको छ । जिल्लाको थवाङ गाउँपालिकामा दुई वटा घर र गंगादेव तथा त्रिवेणीमा एक÷एक गरी दुई वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । बर्षातका कारण गएराती घर भत्किएको र मानविय कुनै क्षति नभएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया