गण्डक ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाण्डौ, २ असार । गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिनुभयो ।लगातार बर्षातका कारण नदीमा पानीको सतह बढेपछि ब्यारेजका ढोकाहरु खोलिएको हो ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया