मालपोत कार्यालय तुलसीपुरले सवै सेवा नदिने

तुलसीपुर, २ असार । मालपोत कार्यालय तुलसीपुरले कार्यालय खुला भएपनि सेवा भने कटोती गरेको जनाएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापक केन्द्रको मंगलवार बसेको बैठकले जिल्लाका सवै सरकारी कार्यालयहरु विहान दश बजेदेखी १ बजे सम्म खुला गर्ने निर्णय गरेको थियो । सोहि अनुसार कार्यालय खुला हुने भएपनि नियमित सेवामा भने कटौती गरिएको मालपोत कार्यालय तुलसीपुरका मालपोत अधिकृत खिम बहादुर खड्काले जारी गरेका सुचनामा उल्लेख गरिएको छ ।

कार्यालयबाट नियमित सवै सेवा प्रवाह गर्दा सेवाग्राहीहरुको चाप बढ्ने र कोरोना संक्रमणको जोखिम पनि बढ्न सक्ने भन्दै सेवा प्रवाहमा हेरफेर गरिएको छ ।कार्यालयले जारी गरेको सुचनामा हाल घरजग्गा रोक्का तथा फुकुवा, संशोधन, प्रतिलिपि र मुद्धा फाँट संग सम्बन्धित सम्पुर्ण कार्यको मात्रै सेवा प्रवाह गरिने भएको छ । साथै सेवा लिन आउदा स्वास्थय सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न पनि सुचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया