दाङ सहित चार जिल्लामा अल्लो उद्योग कार्यक्रम

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले दाङ सहित चार जिल्लामा अल्लो उद्योग कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षमा प्रदेशको चिनारीको रुपमा रहेका विशेष उत्पादनलाई टेवा पुग्ने उद्देश्यका साथ दाङ, गुल्मी, रोल्पा र प्युठानमा अल्लो उद्योग कार्यक्रम संचालन गरिने भएको छ ।

यसका लागी आबश्यक बजेट बिनियोजन गरिएको छ । यस्तैगरी खुकुरी र परम्परा कृषि औजार कार्यक्रम दाङ, रोल्पा र प्युठान, कफि कार्यक्रम गुल्मी, ठेकी र काठजन्य दाङ र अर्घाखाँची, ढाँका, करुवा र पानस पाल्पामा, बेतबाँस बर्दिया, उनी कम्बल रुकुम पुर्व, ढकिया नवलपरासी, बाँके, रुपन्देशी र बर्दियामा पनि प्रर्बद्धन गर्न आबश्यक बजेट बिनियोजन भएको छ ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया