लुम्बिनी प्रदेशका २२ हजार घरधुरीलाई स्वच्छ पिउने पानीको व्यबस्था

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजनिक गदै चालु आर्थिक वर्षमा प्रदेशका थप २२ हजार घरधुरीलाई स्वच्छ पिउने पानी विस्तार गरिएको बताउनु भएको छ ।

त्यसका लागी तिन अर्ब बढि बजेट बिनियोजन गरिएको थियो ।प्रदेश सरकारको एक घर एक धारा अवधारणा अनुसार प्रदेशका चालु आर्थिक वर्षमा २२ हजार घरधुरीलाई स्वच्छ पिउने पानीको पहुँचमा पु¥याउन तिन अर्ब ७६ करोड बजेट परिचालन गरिएको उहाले बताउनु भयो । स्वच्छ खानेपानी पहुँचमा नभएका थप २२ हजार नागरिकलाई जेठ मसान्त सम्म खानेपानी सेवा प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया