सल्यानमा छुट्टाछुट्टै खोलामा दुई जनाको शव फेला,बर्षातका कारण घर भत्कियो

दाङ, १ असार । सल्यानमा छुट्टाछुट्टै खोलामा दुई जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार दार्मा गाउँपालिका वडा नम्वर ४ रतिखोला बस्ने अन्दाजी ४० बर्षिय पुरुष बिरमान विक मंगलवार विहान ६ बजे स्थानिय गलात मसानघाट खोलामा मृत फेला पर्नुभएको छ ।

उहाको शवलाई पोष्ट माटमका लागी अस्पताल लगीएको छ ।यस्तैगरी सोहि गाउँपालिका वडा नम्बर ५ लयता बस्ने अन्दाजी ३३ बर्षिया गिता खड्का विहान सात बजे स्थानिय ठुलो खोला भन्ने स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।उनीहरु खोलामा मृत फेला परेपनि बाढिले बगाएको हो वा होईन भन्ने बारेमा थप अनुसन्धान भईरहेको उहाले बताउनु भएको छ ।
बर्षातले घर भत्कियो
सल्यानमा बर्षातका कारण एक घर भत्किएको छ भने एक घर जोखिममा परेको छ । बर्षातका कारण पहिरो जाँदा कपुरकोट गाउँपालिका वडा नम्वर ३ बसरी स्थित सोविर डाँगीको घर जोखिममा परेको छ । घर नजिकै गएको पहिरोले शौचालय र दाउरा राख्ने कटेरा बगाएको हुदा घर पनि जोखिममा रहेको प्रहरीले बताएको छ। यस्तैगरी सिद्धकुमाख गाउँपालिका वडा नम्वर ३ ढोरचौर बस्ने तिर्थराज धितालको कच्ची घर भत्किएको प्रहरीले बताएको छ । लगातार बर्षात कारण घरको आधा भाग भत्किएको हो ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया