तीन वर्षमा तुलसीपुर क्षेत्रबाट ८४ जुवाडे पक्राउ

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर ८ भदौ । तुलसीपुर क्षेत्रमा वितेको तीन बर्षमा तुलसीपुर क्षेत्रबाट ८४ जना जुवाडेलाई पक्राउ परेका छन् । विभिन्न समयमा उनीहरुलाई नगद सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमीत्त प्रमुख प्रहरी निरीक्षक विवेक शाहका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा ९ जना,आर्थिक वर्ष ०७२/०७३ मा ३८ जना र आर्थिक वर्ष ०७३/०७४ मा ३७ जना जूवाडे पक्राऊ परेका थिए ।

पक्राऊ परेका ८४ जना जूवाडेको साथबाट ५ लाख ७३ हजार १सय ३० रुपैया रकम समेत बरामद गरीएको प्रहरीले जनाएको छ । उनिहरु सबैलाई जूवा ऐन अनुसार मुद्दा चलाइएर कार्वाही गरिएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र ८ गते बिहिवार
प्रतिक्रिया