बास्तविक गरिब दुखीलाई राहात दिएका छौ :जेठुकान्छु

तुलसीपुर, ३० जेठ । तुलसीपुरका सामाजिक अभियान्ता पदम पोख्रेल (जेठुकान्छु)ले बास्तविक विपन्न तथा गरिब परिवारलाई राहात वितरण गरेको बताउनु भएको छ । भोको पेटका लागी राहात अभियानका संयोजक समेत रहनु भएका अभियान्ता जेठुकान्छुले जसको घरमा खानेखर्च छैन त्यस्ता विपन्न घरपरिवारलाई आफुहरुले घरमै पुगेर चामल, नुन,तेल,दाल वितरण गदै आएको बताउनु भएको छ ।

सोहि क्रममा आईतवार पनि राहात वितरण गरिएको छ । तर बर्षात कारण आफुहरुको राहात अभियान केहि प्रभावित हुदा केहि घरपरिवारलाई घरमै पुगेर राहात वितरण गरेको उहाले बताउनु भयो । आईतवार तुलसीपुर ५ दामोदर विक र तुलसीपुर ७ का छुने विकको घरपरिवारलाई राहात वितरण गदै उहाले बास्तविक गरिब घरपरिवारलाई राहात दिदा आत्मसुन्तुष्टि मिल्ने बताउनु भएको छ ।

कोरोना माहामारीले गर्दा उत्पन्न भएको लकडाउनका कारण समस्यामा परेका गरिब ,दुखीहरु भोकभोकै बस्न नपरोस भन्ने उद्देश्यका साथ आफुहरुले राहात वितरण अभियान संचालन गरेको उहाले बताउनु भयो । यो संकटको समयमा सेवा गर्नु नै धर्म भएको उहाले बताउनुभयो ।
यस अघि अक्सिजनको अभाव भईरहेको समयमा पनि रातदिन अक्सिजन संकलन अभियान संचालन गरेको र सबैको साथ तथा सहयोग मिलेको बताउदै उहाले यस पटक पनि यो अभियानमा सबैको सहयोग मिलेको बताउनु भएको छ ।

यस्तैगरी अर्का अभियान्ता सुनिल आचार्यले अहिले सम्म ७० घरपरिवारलाई राहात वितरण गरेको बताउनु भएको छ ।तुलसीपुर ५, ६,७ र १३ नम्वर वडाका अति विपन्न तथा गरिब घरपरिवारहरुको पहिचान गरी ७० घरपरिवारलाई राहात उपलब्ध गराएको उहाले बताउनु भयो ।टोल विकास संस्थाको सिफारिस वा अन्य व्यक्तिहरुको सिफारिसमा उनीहरुको पहिचान गरी राहात घरमै पु¥याउने काम गरेको उहाले जानकारी दिनुभयो । यो अभियानमा अभियान्ता तुलसीपुर १५ का डिल्ली बुढाथोकी, भुपेन्द्र वलीको पनि साथ रहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया