दाङ र सल्यानका सहित बाँकेमा पाँच संक्रमितको मृत्यु

दाङ, ३० जेठ । दाङ र सल्यानका गरी दुई जना सहित बाँकेमा थप पाँच जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वितेको २४ घण्टाको अवधीमा दाङ, सल्यान, बाँके, बैतडी र बर्दियाका गरी पाँच जना संक्रमितको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाका अनुसार दाङको लमही नगरपालिका १ की ३२ बर्षिया एक महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उहालाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो । यस्तैगरी सल्यानको कालिमाटी गाउँपालिका २ का ४६ पुरुषको शनिबार राति भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिनुभयो । उहालाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तैगरी बैतडीको पुर्चौडी नगरपालिका ८ का ५५ वर्षीय पुरुषको शनिबार भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहालाई जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।यसैगरी बर्दियाको राजापुर नगरपालिका १ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उहालाई जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।बाँकेको बैजनाथ गाउँपालिका ५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४ बजे मृत्यु भएको हो । उहालाई जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया