मेट्रो अस्पतालबाट थप तिन जना संक्रमित डिस्चार्ज

तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको मेट्रो अस्पतालमा भर्ना भएका थप तिन जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका उनीहरुलाई शनिवार डिस्चार्ज गरिएको हो । तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार शान्तिनगर ३ का ५२ बर्षिय एक पुरुष, सल्यानका २० बर्षिया एक महिला र तुलसीपुर २ का ४३ बर्षिय एक पुरुष संक्रमण मुक्त भएका छन् ।

उनीहरुलाई अस्पतालको तर्फबाट पौष्टिक आहारा प्रदान गदै डिस्चार्ज गरिएको हो । यो संगै हाल सम्म अस्पतालमा भर्ना भई संक्रमण मुक्त हुनेको संख्या ८० रहेको केसीले जानकारी दिनुभयो । कोरोना बिशेष अस्पतालका रुपमा संचालन भए पश्चात हाल सम्म १२६ जना भर्ना भएकोमा ३३ जनालाई अनेत्र रिफर गरिएको छ । यस्तैगरी अस्पतालमा भर्ना भएका मध्ये हाल सम्म पाँच जनाको मृत्यु भएको छ भने अहिले अस्पतालमा ८ जना उपचाररत रहेको केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया