ट्रकले किचेर सहचालकको मृत्यु

दाङ, २९ जेठ । गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार जिल्लाको अर्घाखाँचीबाट निर्माण सामग्री बोकेर गुल्मीतर्फ जाँदै गरेको ना २ ख ५७६५ नम्बरको ट्रकले शनिवार विहान किच्दा ट्रकका सहचालक प्युठान स्वर्गद्वारी नगरपलिका–३ रुमाले निवासी २० वर्षीय गगन घर्तीको घटना स्थलमै मृत्यु भएको हो । मदाने गाउँपालिका–२ बाँझकटेरी स्थित ओरालोमा ट्रक रोकिदा ओट लगाउन पुगेका सहचालकलाई ट्रकले किचेको प्रहरीको भनाई छ । प्रहरीले ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर घटनाको आबश्यक अनुसन्धान भईरहेको बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया