प्युठानमा सरकारी गाडी दुर्घटना, चालक तुलसीपुरका आचार्यको मृत्यु

तस्विर :सुशिला बुढामगर

प्युठान , २९ जेठ । प्युठानमा एक सरकारी कार्यालयको गाडी दुर्घटना भएको छ ।जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार दुर्घटना हुदा चालक दाङ तुलसीपुर ७ का प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो। कार मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै दुर्घटना भएको गैरेले बताउनुभयो । कार दुर्घटना हुनुको कारण खुलेको छैन । दुर्घटनाको बारेमा थप अनुसनधान भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया