पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

धनुषा, २८ जेठ । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका ६ का बालिका पोखरीमा डुबेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका प्रहरी प्रवक्ता मिश्रले बताउनु भयो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको हुन सक्ने बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको पहिचान हुन बाँकी रहेको घटनाको बारेमा पनि अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया