भ्यानले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु

दाङ, २८ जेठ । दाङमा प्रहरीको भ्यानले मोटरसाईकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका २ लालमटियामा गएराती भ्यानले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक राप्ती गाउँपालिका ३ मौरीघाट बस्ने २३ बर्षिय रन्जित चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भ्यानको ठक्करबाट उछिट्टीएर विद्युतको पोलमा ठोकिन जाँदा चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीको उक्त नयाँ गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो । लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यस तर्फ लैजादै गर्दा बाटोमै दुर्घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया