क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा २ जनाको मृत्यु

सोलुखुम्बु, २८ जेठ । सोलुखुम्वुको सोलुदूधकुण्ड नगरपालिका ८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।उहाका अनुसार लोवेट चालक बडीगङ्गा गाउँपालिका ५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका अन्दाजी २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको हो । शक्रबार बिहान सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया