दाङमा गोली चल्यो, पेस्तोल सहित दुई जना पक्राउ

तुलसीपुर, २८ जेठ । दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली फाईरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ । उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।  जग्गा विवाद हुदा उनीहरुले गोली चलाएको शर्माको भनाई छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केहि खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया