गण्डकी प्रदेशका खेलकुद मन्त्री गुरुङ पदमुक्त

काठमाण्डौ, २८ जेठ । कामचलाउ हैसियतमा रहेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई पदमुक्त गर्नुभएको छ । मनाङेलाई पदमुक्त गरिएको पत्र गुरुङले प्रदेशप्रमुखलाई पठाउनुभएको छ ।

बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई मुख्यमन्त्री गुरुङले पदमुक्त गर्नुभएको हो । विहिवार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मनाङे प्रदेशसभामा अनुपस्थित रहनुभएको थियो । मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ । मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया