पश्चिम दाङमा दुई वटा मोटरसाईकल ठोकिदा दुबै चालक घाईते

तुलसीपुर, २८ जेठ । पश्चिम दाङमा दुई वटा मोटरसाईकल ठोकिदा दुई जना घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेका रा ६ प २९०३ नम्वरको मोटरसाईकल र सोहि दिशा तर्फ गईरहेको रा १ प १९५० नम्वरको मोटरसाईकल शान्तीनगर ५ बैशा नजिकै श्क्रवार विहान ११ बजे ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि रा ६ प २९०३ नम्वरको मोटरसाईकल चालक तुलसीपुर ५ बसपार्क बस्ने २५ बर्षिय रोमहर्ष केसी र रा १ प १९५० नम्वरको मोटरसाईकल चालक दंगशिरण ७ बस्ने २५ बर्षिय हरि बहादुर भण्डारी घाईते भएका छन् । केसीको टाउको र भण्डारीको दाया खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया