दाङमा आजदेखी लकडाउन खुकुलो(यस्तो छ मापदण्ड )

तुलसीपुर, २६ जेठ । दाङमा लकडाउन गरिएको आज (बुधवार) ४० औँ दिन पुगेको छ । गएको बैशाख १७ गतेदेखी जारी गरिएको लकडाउनलाई केहि खुकुलो बनाउदै आगामी असार १ गते बेलुकी ६ बजे सम्म थप गरिएको छ । जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर घट्दै जान थालेपछि लकडाउनलाई खुकुलो बनाईएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिुनभयो ।

लकडाउन खुकुलो भएसंगै तुलसीपुर बजार क्षेत्रमा अन्य दिनको तुलनामा बुधवार विहान चहलपहल बढेको छ । अब दैनिक सरकारी कार्यालयहरु खुला हुनेछन् । यस्तैगरी बैंक तथा बित्तिय संघसंस्थाको कार्यालय पनि खुला हुनेछन् ।
विस्तृतमा :

 

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया